गणेशमान सिंहको १०५ औं जन्मजयन्ती.


काठमाडौं : नेपाली कांग्रेसका संस्थापक नेता एवंम् लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।




सि‌ंहको सम्झनामा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। शोभा भगवतीमा रहेको सिंहको शालिकमा विहान माल्र्यापण गरिएको छ। दिउँसो १ बजे ज्ञानेश्वरमा स्मृति सभा गर्ने तय भएको छ।

साँझ ५ बजे नेपाल विद्यार्थी संघले शान्ति बाटिका रत्नपार्कमा द्विप प्रज्वलन गर्ने कार्यक्रम छ। राणा शासनको अन्त्य तथा प्रजातन्त्रको वहालीका लागि सिंंहको योगदानलाई अतुलनीय मानिन्छ। उनी नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिन्छन्।




सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक विपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका थिए।
.




सम्बन्धित
Loading...