सगरमाथाक्षेत्र घुम्न आएका फ्रान्सेली नागरिक होटलमा मृत फेला


सगरमाथाक्षेत्र घुम्न आएका एक विदेशी नागरिकको मृत्यु भएको छ ।




कात्तिक १९ गते खुम्बु क्षेत्र आएका ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाच सुतेकै अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले खुम्बु पासाङल्हामु गाउँपालिका–४ लबुचेस्थित नेसनलपार्क होटलमा मंगलबार बिहान ६ः४५ बजे ती फ्रान्सेली नागरिक मृत फेला परेको बताए ।




इलाका प्रहरी चौकी नाम्चेबाट घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेपछि डाइनेष्टिक हेलिकोप्टरमार्फत शवको परीक्षण गर्न शिक्षण अस्पताल, महारजगञ्ज लगिएको छ ।

उनी एडभेन्चर प्रालि काठमाडौंमार्फत खुम्बु भ्रमणमा आएका थिए ।

यो वर्ष चार जना विदेशी पर्यटकको सुतेकै ठाउँमा ज्यान गइसकेको छ । लेक लागेर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

 




सम्बन्धित
Loading...