उपनिर्वाचन २०७६: बुंदीकाली ५ मा वडा अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी

760







नवलपुर । आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नवलपरासी (वर्दघाट सुस्तापूर्व) बुंदीकाली गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । यहाँ नेकपा, नेपाली काँग्रेस, समाजवादी पार्टीले उम्मेदवारी दिएको छ ।
वडाध्यक्ष पदका लागि नेकपाबाट खिमबहादुर थापा खरु मगर, नेपाली काँग्रेसबाट तलबहादुर राना अनिल र समाजवादी पार्टीबाट पितमबहादुर राना मगरले उमदेवारी दिएका हुन् ।
स्थानीय तहका लागि रिक्त पदमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बुधबार मनोनयन दर्ता समय तोकिएको थियो । बुंदीकाली ५ मा वडाध्यक्ष दलबहादुर खरु मगरको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
मगर नेकपा एमालेबाट निर्वाचित भएको थिए । नेकपाले अहिले उनकै जेठा छोरा खिमबहादुर थापा खरु मगरलाई अगाडि सारेको छ ।
उनको प्रस्तावकमा पूर्णबहादुर राना र समर्थकमा बेलबहादुर राना मगर रहेका छन् ।
त्यसैगरी नेपाली काँग्रेसको तर्फबाट तुलबहादुर राना (अनिल) को उम्मेदवारी परेको छ । उनी पूर्व पत्रकार हुन् । उनको प्रस्तावकमा लुलसिंह लुङ्गेली मगर र समर्थकमा शेरबहादुर रानामगर रहेका छन् ।
त्यसैगरी सरकारमै रहेको समाजवादी पार्टीका तर्फबाट पितमबहादुर रानाले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा आईतबिर राना मगर र समर्थकमा लिलाम्बर लुङ्गेली मगर रहेको जिल्ला निर्वाचन कार्यालय नवलपरासी (वर्दघाट सुस्तापूर्व) का जिल्ला निर्वाचन अधिकारी सुदीप पाण्डेले जानकारी दिए ।
उनीहरु बुंदीकालीको ढेडगाउँमै स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका हुन् । सो अघि उनिहरुले -याली समेत निकालेका थिए ।
तत्कालीन नेकपा (एमाले)बाट निवार्चित वडाध्यक्ष दलबहादुर खरूमगरको निधन भएपछि रिक्त उक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो । मतदानका लागि सोही वडाको जौबारीस्थित उदय आधारभूत विद्यालयमा एउटै मतदान केन्द्र तोकिएको छ । वडामा हाल ८ सय ५३ मतदातादा रहेका छन् ।
यसअघिको स्थानीय तह निर्वाचनमा मगरले ३ सय ८४ मत प्राप्त गरि विजयी भएका थिए भने निकटतम प्रतिद्वन्दी नेपाली कांग्रे्रेसका उम्मेदवार मुक्तबहादुर थापा मगरले १ सय ५४ मत प्राप्त गरेका थिए ।
निर्वाचन तालिका अनुसार कार्तिक २८ गते उम्मेद्वारहरुको विरोधमा उजुरी दिने, २९ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र सोही दिन अपरान्ह ५ बजेभित्रमा मनोनयन भएको उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । त्यसैगरी कार्तिक ३० गते उम्मेद्वारको नाम फिर्ता लिने र सोही दिन अपरान्ह ५ बजे उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ । यस्तै उम्मेद्वारहरुलाई मंसिर १ गते निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ । मंसिर १४ गते हुने निर्वाचन विहान ७ बजेदेखि सुरु भइ अपरान्ह ५ बजे सकिने छ ।



You might also like
Loading...