राष्ट्रको गहन बिषयमा सरकार मौन बसेको आरोप

280







नेपाल विद्यार्थी संघका निबर्तमान अध्यक्ष नैनसिंह महरले राष्ट्रको गहन बिषयमा सरकार मौन बसेको आरोप लगाएका छन् ।


नवलपुरको कावासोतीमा बुधबार आयोजीत कार्यक्रममा बोल्दै महरले राष्ट्रको गहन बिषयमा सरकारले देखाएको मौनताले सबै सोच्न बाध्य बनाएको बताए। चिन्तित भएको जस्तै देखिएपनी पछिल्लो समय अन्तराष्ट्रिय रुपमा नै सिमा मिचिएको बिषयमा सरकार मौन रहेको आरोप आफुहरु भने चुपचाप नबस्ने बताए।

लोकतान्त्रिक बिद्यार्थीहरु नै देशका हरेक बिषयमा आन्दोलनको मोर्चामा रहेको भन्दै अहिले कालोपानी र लिपुलेक को विषयमा पनि नेबिसंघले नै आवाज उठाउदेै आएको महरले बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस नवलपुरका सचिब बालकृष्ण घिमिरे, नेवि संघका पूर्वकेन्द्रिय सदस्य आरसि भट्टराई, काङ्ग्रेस नेत्री बिष्णु देवी पाण्डे लगायतको उपस्तिथि रहेको थियो ।


You might also like
Loading...