युवा संघको नवलपुरका कंडेल र परासीमा डुम्रेलाई संयोजकको जिम्मेवारी

221







नवलपरासी । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकता भएपछि भएको संगठन निर्माणको क्रममा नेकपाले राष्ट्रिय युवा संघ नेपाल नवलपुरमा कृष्ण कंडेललाई संयोजकको जिम्मेवारी दिएको छ ।
त्यसैगरी पश्चिम नवलपरासीमा युवराज डुम्रेलाई जिम्मेवारी दिएको छ ।


७७ वटै जिल्लामा संयोजक र सहसंयोजक चयन गरेको युवा संघले यही कात्तिक ३० गते काठमाडौंमा केन्द्रीय समितिको शपथग्रहण र मंसिर १ गते राष्ट्रिय भेलासमेत आयोजना गरेको छ ।
यसअघि १६ कात्तिकमा जिल्लाहरु साविक वाईसीएल वा साविक युवा संघ कसको भागमा रहने भनेर टुंगो लगाइए पनि संयोजक र सहसंयोजक तोकिएको थिएन ।
७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमाले निकट युवा संघले ४२ र साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्ला संयोजक पाएका छन् ।

 


You might also like
Loading...