विप्वल समूहका जाजरकोट इञ्चार्ज पक्राउ

105







जाजरकोट। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश वली (धमिल) गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् ।
नलगाड नगरपालिकाको रघुनाथमा घर भइ पूर्वमाओवादी लडाकुसमेत रहेका वली बिहीबार राति कोहलपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनलाई चन्दा आतङ्क, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ ।



You might also like
Loading...