‘दि कर्मा’ को फष्टलुक सार्वजनिक
काठमाडौं । फिल्म ‘दि कर्मा’को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । आगामी माघ १७ गते रिलीज मिति तोक्दै फिल्मले प्रचार प्रसारको पहिलो सामग्री पोस्टर बाहिर ल्याएको हो । देवकुमार श्रेष्ठको निर्देशन रहेको फिल्म जयराज रायले बनाएका हुन् । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटना बिषय बनाइएको फिल्म जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।

फिल्म अष्ट्रेलियामा, दक्षिण कोरिया, जापान, हङकङ, थाईल्याण्ड, म्यानमार, मलेशिया, विभिन्न खाडी मुलुक, अमेरिका, बेलायत तथा यूरोपमा पनि एकसाथ प्रदर्शनमा आउने निर्माता श्रीदेवले जानकारी दिए ।