नेकपा सचिवालय पुग्याे नयाँ मन्त्रीको लिस्ट, ४ बजे शपथग्रहण

173







मन्त्रिपरिषदका सदस्य हेरफेरलाई अन्तिम रूप दिन नेकपा सचिवालय बैठक सुरू भएको छ । वालुवाटारमा सुरू भएको बैठकले मन्त्रिपरिषदबाट हटाइने र ती स्थानमा ल्याइने नयाँ अनुहारको अनुमोदन गर्नेसमेत बताइएको छ ।


प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकले मन्त्रिपरिषद सदस्य हेरफेरबारे प्रधानमन्त्रीको प्रस्तावलाई अनुमोदन गर्नेछ । बैठक लगत्तै प्रधानमन्त्रीले केही मन्त्री हटाउने र केही नयाँ अनुहार थप्नेछन् ।

मन्त्रीको लिस्ट राष्ट्रपति कार्यालयमा नपुर्‍याउँदै राष्ट्रपति कार्यालयले शपथग्रहण समारोहको समय तय गरिसकेको छ । राष्ट्रपति कार्यालय स्राेतका अनुसार बेलुकी ४ बजेका लागि शपथग्रहणको कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री, संवैधानिक अंगका प्रमुख र सदस्य, कूटनीतिक नियोगका प्रमुख, सुरक्षा प्रमुख, राजनीतिक दलका नेतालगायतको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीलाई शपथग्रहण गराउनेछिन् ।


You might also like
Loading...