नवलपरासीका हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

364







नयाँ गठन गरिएको मन्त्री मण्डलमा नवलपरासीका हृदयेश त्रिपाठी पनि थपिएका छन् । उनी स्वतन्त्र समूह बनाएर तत्कालिन नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर निर्वाचित भएका हुन् ।
लामो समय निरन्तर मन्त्री भईरहेको हृदयेश त्रिपाठी दोस्रो संविधान सभाको निर्वाचनमा पराजित भएपछि गुमनाम जस्तै भएका थिए । उनी पछिल्लो संसदीय निर्वाचनमा स्वतन्त्र समूहको बनाई नेकपा एमालेको चुनाव चिन्ह लिएर निर्वाचित भएका थिए ।
उनी अझै पनि नेकपामा प्रवेश गरेका छैनन् । उनले अहिलेको सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी प्रदान गरिएको छ ।


मन्त्रिपरिषद् पुनर्गठनः ८ मन्त्री बर्खास्त, ९ जना नियुक्त (सूचीसहित)


You might also like
Loading...