नवनियुक्त ६ मन्त्री र तीन राज्यमन्त्रीद्वारा शपथ ग्रहण

143







नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार बिहान आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

शीतल निवासमा आयोजित समारोहमा ६ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिएका छन् ।


शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली,राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनालगायतको सहभागिता थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले बुधबारराति मन्त्रिपरिषद पुर्नगठन गरेकी थिइन् ।

शपथ ग्रहणपछि नवनियुक्त मन्त्रीहरूले सिंहदरबारमा आएर पदभार ग्रहण गर्ने कार्यक्रम छ । राष्ट्रपतिले बुधबार प्रधानमन्त्रीको सिफारिसमा घनश्याम भुसाल, हृदयेश त्रिपाठी, पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव र वसन्त नेम्वाङलाई मन्त्रीमा नियुक्त गरेकी थिइन् ।

नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै भुसाललाई कृषिमन्त्रालय, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन र पार्वत गुरुङलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रयको जिम्मेवारी दिइएको छ । रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योगमन्त्री बनेका छन् ।


You might also like
Loading...