मुआब्जा माग्दै धर्नामा बसे पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई


पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसहितका जनप्रतिनिधिले बुढीगण्डकी आयोजनास्थल गोरखाको आरुघाट र आर्खेत तथा धादिङको खहरे क्षेत्रको मुआब्जा तोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।




पूर्वप्रधानमन्त्री भट्टराई गोरखा क्षेत्र–२ बाट निर्वाचित सांसद हुन् । उनीसहित राष्ट्रिय सभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीसहितको टोली बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेको हो ।

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले मुआब्जा तोक्न आलटाल गरेको भन्दै स्थानीयवासीले दबाब दिँदै आएका थिए ।
मुआब्जाको माग गर्दै स्थानीयवासीले ज्ञापनपत्र बुझाउनुका साथै प्रधानमन्त्री, मन्त्री भेट्ने, दलका नेता, प्रमुख जिल्ला अधिकारी र आयोजनालाई गुनासो राख्दासमेत सुरुवाइ भएको छैन ।




आन्दोलनअन्तर्गत शुक्रबार जिल्ला प्रशासन कार्यालयका धादिङमा धर्ना दिने, आइतवार बुढीगण्डकी आयोजनाको कार्यालय घ्याल्चोकमा धर्ना दिने कार्यक्रम रहेको छ । मंसिर १० गतेसम्म मुआब्जा नतोके थप आन्दोलनका गर्ने पीडितको चेतावनी छ ।




सम्बन्धित
Loading...