सुनवलमा प्रादेशिक औधोगिक व्यापार मेला २०७६ सुरु

228







उर्मिला यादव यात्री –


सुनवल । “कृषि, पर्यटन, उद्योग र व्यापार राष्ट्र निमार्णको बलियो आधार” भन्ने मुल नारा सहित पश्चिम नवलपरासीको  सुनवलमा आज बिहीबार देखि सुनवल  १ सोमनाथ बजार परिसरमा प्रादेशिक औधोगिक व्यापार मेला २०७६ सुरु भएको छ ।
मेलाको प्रदेश नम्बर ५ की प्रदेश सांसद भगवती भण्डारीले एक समारोहका बिच उदघाटन गर्नु भएको छ ।
मेलाको समुदघाटन गर्दै भण्डारीले मेलालाइ सफल बनाउन सुनवल नगरबासीको महत्वपुर्ण भुमिका रहने बताउनु भएको छ । मेला एउटा बर्ग र समुदायको मात्र नभइ हामी सबै सुनवल बासीको भएको बताउनु भएको छ ।  उहाले निजी बिजनेश ब्यापारीहरुले गरेको लगानीमा  प्रदेश सरकारले  ग्यारेण्टी लिएर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
मेलाको उदघाटन क्रममा बोल्दै भण्डारीले जब सम्म उद्योगी ब्यापारी संग सरकार हातेमालो गरेर एक अर्काको पुरक अंगको रुपमा बन्न सक्दैन तव सम्म समृद्ध प्रदेश , सुखी जनता  भन्ने नारा सफल हुन नसक्ने बताउनु भएको छ ।

सांसद भण्डारीले मेलामा प्रदेश ५ भित्रका सवै जिल्लाको कृषि उत्पादनलाई प्राथमिकतामा राखेको समेत जानकारी दिदै यहाका समस्याहरु प्रदेश हुदै केन्द्र सम्म पु¥याउने र सहयोग गर्ने  प्रतिवद्धता समेत ब्यक्त गर्नुभएको छ  ।

यस्तै गरी मेलामा सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापाक्षेत्रीले मेलालाई सफल बनाउनु पर्ने भन्दै मेलाको माध्यमबाट गाउ गाउमा लुकेका कला कृषि उत्पादन, सिप र लघु उद्यमलाई राष्टिय हुदै अन्तराष्ट्रिय स्तरसम्म पु¥याउनु पर्ने बताउनुभयो ।

मेलाको उद्घाटन कार्यक्रममा सुनवल नगरपालिकाका उपप्रमुख ददिराम अर्याल, नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी, नेपाली काङग्रेसका जिल्ला सभापति अर्जुन कुमार पोखरेल, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी लगाएतले शुभकामना मन्तब्य राख्दै मेला सफलताको शुभकामना दिनुभएको थियो  ।

आज देखि सुरु भएको  प्रादेशिक औद्योगिक ब्यापार मेला २०७६मा नेपालका घरेलु , साना, मझौला  तथा ठुला उद्योगहरुका अतिरिक्त बिदेशका बस्तुहरु र पहाडी जिल्ल्लाका खनिजजन्य , कृषिजन्य , र अन्य  उत्पादनहरु समेत गरी एक सय ६५ स्टल रहेको  संघका अध्यक्ष कर्मचार्यले जानकारी दिनु भएको छ । मेला स्थलको प्रवेशद्धार पे्रमको प्रतिकको रुपमा रहेको पाल्पाको रानिमहल दरबारको स्वरुपमा तयार पारिएको छ ।
मेलामा प्रदेश नम्बर ५ का सबै जिल्लामा उत्पादित कृषिजन्य बस्तुहरु, स्वदेशि उद्योगहरुका उत्पादित बस्तुहरु, अटोमोवाइल्स, आइटि, निमार्ण सामाग्रि, जडिबुटि, दैनिक उपभोग्य बस्तुहरु र हस्तकला तथा तयारी पोषाक लगायतका बस्तुहरु प्रर्दशनमा राखिएको छ ।

आज देखि लगातार ११ दिन सम्म संचालन हुने मेलाको दोस्रो दिन भोलि शुक्रबार बिभिन्न बिद्यालयका आइडल डान्स , बिभिन्न जनजातिका नृत्य समेत प्रस्तुत हुने आयोजकले जनाएको छ । यस्तै गरी मेलामा स्थानिय तथा   राष्ट्रिय कलाकार समेतको प्रस्तुती रहने छ भने राष्ट्रिय कलाकार  ज्योति मगरको विशेष प्रस्तुति रहने जनाइएको छ

१ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सो मेलामा करिव ७ करोड रुपैँया बराबरको कारोबार लक्ष्य राखिएको संघका महासचिव तेज प्रसाद भण्डारीले जानकारी दिनु भएको छ ।


You might also like
Loading...