सुनवलमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन
उर्मिला यादव –
सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ३ र ६ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ। केन्द्रको शुक्रबार सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापा भरतले गरेका छन् ।
सुनवल नगरपालिका वडा नम्बर ३ र ६ मा स्थापना गरिएको आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट प्रदान गरिने सेवाका बारेमा सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद न्यौपानेले जानकारी गराएका थिए ।
यस्तै गरी भोलि सुनवल नगरपालिका वडा नम्बर ५ बनकटटी र वडा नम्बर १३ बडेरामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गरीने सुनवल नगरपालिका स्वास्थ्य शाखा सिनीयर अहेव अधिकृत चुरामणी नेपालले जानकारी दिनु भएको छ ।
सुनवल नगरपालिकाले नगरभित्र रहेका वडा नम्बर २, ३, ४, ५, ६, ७ र वडा नम्बर १३ मा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना गर्ने जनाएको छ ।