गाउँपालिकाका अध्यक्षको गाडीमा ढुंगा प्रहार गर्ने एकजना पक्राउ


 बाराको प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला गुप्ताको सरकारी गाडीमा ढुंगा प्रहार भएको छ।




अध्यक्ष गुप्ता चढ्ने ना १ झ १६३१ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार भएको बारा प्रहरीले जनाएको छ। ढुंगा प्रहारबाट गाडीको अगाडि र पछाडिको सीसा फुटेको छ। गाउँपालिकाको बैठक सकेर उपाध्यक्ष गीता साहलाई पुर्‍याउन बेलहिया गएर फर्कने क्रममा वडा नं ५ डिटोल आइपुग्दा गाडीमा आक्रमण भएको अध्यक्ष गुप्ताले बताए। सवारी चालक भाग्यनारायण साहको हातको औलामा चोट लागेको छ।

मोटरसाइकलमा आएका उछंखल व्यक्तिहरूले अचानक गाडीमा आक्रमण गरेर भागेका थिए।  एक जना पक्राउ ढुंगा प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेका छ। प्रहरीले प्रसौनी ५ का विकास कुमार मण्डललाई पक्राउ गरेको हो। उनलाई अभद्र व्यवहारको मुद्धा चलाइएको छ। घटनामा तीन जना संलग्न रहेकोमा एक जना पक्राउ परेको र दुई जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए।




प्रारम्भिक अनुसन्धानको क्रममा विकासले मादक पदार्थ सेवन गरेको पाइएको उनको प्रहरी प्रवक्ता सिंहले जानकारी दिए।




सम्बन्धित
Loading...