तेस्रो मुलुकबाट आयातीत मरिच भारत तस्करी, सीमा नजिकै गोदाम
मोरङ प्रहरीले भित्री बाटोबाट भारततर्फ तस्करी हुँदै गरेको १६ बोरा मरिच नियन्त्रणमा लिएको छ । जहदा गाउँपालिका-१ तारिगामाबाट प्रहरीले तीनवटा मोटरसाइकलसहित १६ बोरा मरिच नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको ४ सय २५ किलो मरिचको बजार मूल्य २ लाख ५० हजार रुपैयाँ बराबर छ ।