ओलीकै सल्लाहामा भारतले नक्सामा छाप्योः देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेरै भारतले नयाँ राजनीतिक नक्सा छापेको दाबी गरेका छन् ।



शनिबार कास्की २ को चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै नक्सा छापेको दाबी गरेका हुन्। महाकाली सन्धी गर्दा आफूले कालापानीलाई सीमा बनाए पनि सरकारले नेपाली भूभागको रक्षा गर्न नसकेको देउवाको आरोप छ ।

कालापानी र लिपुलेक भारतलाई बुझाएर ओलीले सबैभन्दा ठूलो राष्ट्रघात गरेका उनले आरोप लगाए ।




भारतले हालै मात्र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पनि समावेश गरेर नक्सा सार्वजनिक गरेपछि नेपालमा यसको विरोध भइरहेको छ । सरकारले पनि भारतको एकपक्षीय नक्सा अस्वीकार्य भएको बताएको छ । नेपालले आपत्ति जनाएपछि भारतले आफ्नो नक्सामा ‘काली’ लेखिएको पदावली हटाएर संशोधित नक्सा सार्वजनिक गर्‍यो । तर, त्यसलाई पनि नेपालले मानेको छैन ।



सम्बन्धित
Loading...