जंगलमा लगेर बालिका बलात्कार गर्ने पक्राउ

149







उदयपुर । उदयपुरमा एक १६ वर्षिय बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेको छ । रौतामाई गाउँपालिका– ८ चुनिया पाखाको जंगलमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय २४ वर्षिय भरतबहादुर राना मगरलाई शुक्रवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरिक्षक प्रबत्ता (डिएसपी) हरिकृष्ण केसीले जानकारी दिए ।

गत १ मंसिरमा एक १६ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा पिडितका अभिभावकले प्रहरीमा जाहेरी दिएपछि राना मगर पक्राउ परेका हुन् । घटना सार्वजनिक भएपछि मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरि थप अनुसन्धानको लागि राखिएको छ ।



You might also like
Loading...