धरानको देजमोको निर्वाचन वहिस्कार कार्यक्रम कार्यक्रममा प्रहरी हस्तक्षेप, दर्जन कार्यकर्ता गिरफ्तार


धरान । आइतबार सुनसरीको धरानमा आयोजित बहिस्कारसम्बन्धी कोणसभामाथि प्रहरीले हस्तक्षेप गरेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको आयोजनामा धरानको छाता चोकमा आयोजित कोणसभालाई मोर्चाका केस टिका राईले सम्बोधन गरेका थिए भने कोणसभाको सञ्चालन गौरव राईले गरेका थिए ।




मोर्चाको कार्यक्रम चल्दै गर्दा प्रहरीले हस्तक्षेप गरी नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य मोहन लिम्बू, केन्द्रीय सदस्य विमल, पार्टीका सुनसरी सेक्रेटरी पेमा लामा, देजमोका केन्द्रीय सदस्य टिका राई, किराती राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष गौरव राई, मोर्चाका केस पारस लिम्बु, केस पारक लिम्बू, सुविना, पदम तामाङ, सन्तोष ठाकुर, रामबहादुर पौडेललगायतलाई पक्राउ गरेको छ । पक्राउ परेका क्रान्तिकारी माओवादी तथा देजमोका नेता कार्यकर्ताहरुलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । पार्टी तथा मोर्चाको घोषित नीति अनुसार गरिएको बहिस्कार कार्यक्रममा गरिएको हस्तक्षेप र नेता कार्यकर्तालाई गरिएको गिरफ्तारीको नेकपा (क्रान्तिकारी माओवादी) १ नं. प्रदेशले कडा विरोध एवम् भत्र्सना गरेको छ । पार्टीका प्रदेश इन्चार्ज मीनकुमारले यो घटनालाई राज्यको फासिवादी कदमको संज्ञा दिंदै गिरफ्तार नेता कार्यकर्ताहरुको अविलम्ब रिहाईको जोडदार माग गरे ।


यसअघि दाङमा भएको बहिस्कारसभाको पूर्वसन्ध्यामा ६ जना नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको थियो । चौतर्फी दबाबपछि उनीहरुलाई छाडिएको थियो । क्रान्तिकारी माओवादीले पार्टी सम्बद्ध मोर्चा मार्फत् मंसिर १४ को उपनिर्वाचन सक्रिय बहिस्कार गर्ने नीति लिएको छ । उपनिर्वाचन नजिकिएसँगै देशभक्त जनगणतान्त्रिक मोर्चाले देशैभर बहिस्कार आन्दोलनलाई सशक्त बनाउँदै लगेको छ ।
मोर्चाका नेताहरुले क) वर्तमान प्रतिक्रिावादी सत्ता, व्यवस्था र सरकारको भण्डाफोर गर्न, ख) लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट भारतीय सेना फिर्ता पठाउन उदासीन संसदीय पार्टी र तिनका दलाल नेता तथा नालायक सरकारको भण्डाफोर गर्न, ग) हिन्द प्रशान्त रणनीतिभित्र अदृष्य रुपमा नेपाललाई समावेश गर्ने सरकारको हर्कतको भण्डाफोर गर्न, घ)पहिचानविहिन सङ्घीयता, नक्कली धर्मनिरपेक्षता तथा उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायमाथि संसदीय व्यवस्था र सत्ताको उत्पीडनको भण्डाफोर गर्न, ङ) जनतामाथि दोहोरो, तेहोरो कर थोपर्ने र चर्काे महङ्गी वृद्धिद्वारा जनताको ढाड सेक्ने जनविरोधी सत्ता र व्यवस्थाको भण्डाफोर गर्न, च) हत्या, बलात्कार, तस्करी र भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकारको भण्डाफोर गर्न, छ) युवाहरुलाई विदेशमा निर्यात गरी सेमिट्यान्स्ले देश चलाउने सरकारको जनविरोधी हर्कतको भण्डाफोर गर्न, ज) जनताको नजरमा गिरिसकेको सरकार र व्यवस्थाको बहिष्कार गर्न, झ) यथास्थितिवादी तथा पश्चगामी पार्टी, व्यवस्था र सरकारको विकल्पमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी सङ्घीय जनगणतन्त्र नेपाल स्थापनाको तयारी गर्न, आदि उद्देश्य राखेर बहिस्कार गर्ने नीति लिएको बताउँदै आएका छन् ।







सम्बन्धित
Loading...