क्यान्सर अस्पतालका कर्मचारीबाट बिरामी कुरूवालाई यौन प्रस्ताव

935












  • पत्रपत्रिका / चितवन पोष्टबाट

भरतपुर । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक पुरूष कर्मचारीले बिरामी कुरूवालाई यौन प्रस्ताव राखेको पाइएको छ । फौजदारी अभियोगको घटना भए पनि अस्पताल प्रशासनमै यस घटना सीमित छ ।

अस्पतालमा एटेन्डेन्ट पदमा कार्यरत ४३ वर्षका कुलानन्द आचार्यले गत कात्तिक ४ गते अस्पतालमा सासूआमाको उपचारका लागि आएकी एक महिलालाई यौन प्रस्ताव राखेका हुन् । अस्पताल प्रशासनले घटना भएको स्वीकार गरेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले घटनालगत्तै अनुसन्धान थप सहज बनाउनका लागि आरोपित कर्मचारीलाई निलम्बन गरिएको जानकारी दिए ।



You might also like
Loading...