कार्यकारी अध्यक्ष बनाएपछि प्रचण्डको अर्कै दाउ

338












  • पत्रपत्रिका/साँघु साप्ताहिकबाट


नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी प्रचण्ड एकाएक माधव नेपाल फकाउने अभियानमा लागेका छन् ।

माधव नेपालसँग तीन दशक लामो संगत रहेको दाबी गर्दै प्रचण्डले निकै लामो प्रशंसा गरेका छन् । २०७६ मंसिर ८ गते प्रचण्डले कान्तिपुर दैनिकको अन्तरवार्तामा नेता नेपालसँगको संगतबारेमा गरेको ब्याख्या पढ्दा निकै आश्चर्य पनि लाग्छ ।

२०७६ कात्तिक तेस्रो साता प्रदेश प्रमुखको नियुक्ति सम्बन्धमा बसेको नेकपाको सचिवालय बैठकमा प्रचण्डले माधव नेपाललाई साथ दिएनन् ।

अघिल्लो दिनसम्म अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध चिसो देखिने गरी अप्रत्यक्ष छेडखानी गरेका प्रचण्डले पदीय भागवण्डामा भने नेता नेपाललाई पाखा लगाउने गरी सहमति गरेको नेपाल पक्षको आरोप छ ।


प्रदेश प्रमुखमा तीन वटा सिट पाएपछि फुरुङ्ग भएका प्रचण्डले नेता नेपालको पक्षमा एक शब्द पनि बोलेनन् । प्रदेश प्रमुखको नियुक्तिका विषयमा नेता नेपालले नोट अफ डिसेन्ट लेखे । त्यो भन्दा पहिला पनि पटक पटक नेता नेपालको प्रस्तावमा असहयोग गर्दथे ।

तर २०७६ मंसिर ८ गते प्रकाशित अन्तर्वार्तामा प्रचण्डले माधव नेपालबारे भनेका छन्, ‘२०४०/४१ सालदेखि घनिभूत छलफल हुँदै आएको छ । माधवजी तपाईको यहाँ मिलेन भनेर मैले फ्याट्ट भन्न पनि सक्छु । उहाँ पनि भन्न सक्नुहुन्छ ।’

प्रचण्डले यसो भन्नुको अर्थ लामो र आत्मीय सम्बन्धको अर्थ दर्शाउने प्रयास हो । कार्यकारी अध्यक्ष पाएपछि प्रचण्डले एक्कासी प्रशंसासहितको लामो ब्याख्याले प्रचण्डको रणनीतिबारे नेकपामा चर्चा हुन थालेको छ ।



You might also like
Loading...