झुलाघाट नाका आज अपराह्नदेखि खुल्ने

272












भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका सोमबार साँझदेखि खुल्ने भएको छ।

भारतमा सोमवार र मंगलबार हुने विधानसभाको उपनिर्वाचनको  सुरक्षा संवेदनशीलता कारण जनाउँदै चार दिनदेखि नाका बन्द रहेको छ। विधानसभाको उपनिर्वाचन सम्पन्न भएपछि अपराह्न ५ बजेदेखि नाका पुनः सञ्चालनमा आउने बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए।


सुरक्षा संवेदनशीलता कारण जनाउँदै भारतले मंसिर ६ अपराह्न ५ बजेदेखि मंसिर ९ अपराह्न ५ बजेसम्म सीमानाका बन्द गर्न अनुरोध गरेको थियो।

यसअघि गत असोज १८ मा भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्यका लागि भएको निर्वाचनमा पनि असोज १६ देखि असोज १८ सम्म तनि दिनसम्म  झुलाघाट नाका बन्द गरिएको थियो।



You might also like
Loading...