लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सोमबारदेखि सुरु





मंसिर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सोमबारदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो ।
यो वर्ष ‘समानताको पुस्ता बलात्कारविरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको अभियान देशभर नै सञ्चालन गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सम्बन्धित आग्रह गरेको छ । महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न यो अभियान आयोजना हुने गरेको छ । हरेक वर्ष अभियान गरिए पनि अझै पनि बोक्सीको आरोप, छाउपडी, दाइजो जस्ता कुप्रथा समाजमा रहेकाले महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य हुने गरेका छन् ।
अध्ययन अनुसार विश्वभर प्रत्येक तीन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरैजसो हिंसा भने उनिहरुका निकट, प्रेमी, विश्वास पात्र या जीवन साथीबाट भोगेका पाइएको छ । दिवसको अवसरमा राष्ट्रिय सभागृहमा सरकारले सोमबार गर्ने भनेको विषेश कार्यक्रम आउने २२ गते हुने भएको छ ।
यस्तै दिवसको अवसरमा सोमबार बिहान परासीमा पनि लंगिङ्क हिसां विरुद्धको ¥याली सम्पन्न भएको छ । रामग्राम नगरपालीका परिसर बाट सुरु भएको ¥याली वुद्धचोकमा आएर समापन भएको थियो । ¥यालीमा सहभागिहरुले महिला हिसांको अन्त्यमा जोड दिदै बालीका देखि वृद्धाहरु सम्मै सुरक्षित नभएको बताएका थिए । यो अभियान १६ दिननै विभिन्न कार्यक्रम गरि मनाईने रामग्राम नगरपालीकाकि उपमेयर रम्भा कुँवरले जानकारी दिनुभयो ।
यस्तै सोमबार नै उद्योग दिवसको अवसरमा पनि कार्यक्रम भईरहेका छन् । परासीमा नवलपरासी औद्योगिक व्यपार मेलाको सचिवलायमा अहिले उद्योग दिवस विशेष कार्यक्रमम जिल्लाका सरोकारवालाको उपस्थितिमा भईरहेको छ ।




सम्बन्धित
Loading...