उपसभामुख तुम्बाहाङफेले खोजिन् सभामुखको अधिकार


संघीय संसद प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङफेले सभामुखको अधिकार प्रयोग गर्न पाउनुपर्ने भन्दै संसदीय समितिका सभापतिहरूसँग लिखित सहयोग मागेकी छन्।




केही दिन पहिले कानुनविदहरूसँग उक्त विषयमा सल्लाह मागेकी उपसभामुख तुम्बाहाङफेले सोमबार संघीय संसदका दुवै सदन मातहतका संसदीय समितिका सभापतिहरूसँग लिखित सहयोग मागेकी हुन्। सभामुखले गर्ने दैनिक कार्यसंचालनको काम आफूले गर्न पाउनुपर्ने भन्दै उनले सभापतिहरूसँग छलफल गरेकी हुन्।







सम्बन्धित
Loading...