रक्तश्राप नरोकीए पछि, बाजुरामा फेरी सुत्केरीको मृत्यु
बाजुरा । बाजुरा सदरमुकाम मार्तडीदेखि कम्तीमा दुई दिनको दुरीमा पर्ने जगन्नाथ गाउँ पालिका–५ गोत्री की ३५ बर्षिया पुल्ती रावलको साल नझरेका कारण मंगलबार राती मृत्यु भएको छ। घरमै सुत्केरी भएकी रावलको साल नझरे पछि सामुदायिक इकाई गोत्रीमा अचेत अबस्थामा उपचारका लागि ल्याएको थियो । स्वास्थ्य ईकाईमा साल निकाले पछि होसमा आएकी थिईन् तर रक्तश्राप नरोकीएकी रावल पछि उनको मृत्यू भएको कुरा अहेब अमर बुढाले बताए।
यस बर्ष मात्र रावल लगाएत स्वास्थ्य संस्थामा मृत्यु एका सुत्केरीको संख्या तिन पुगेको छ। गएको भदौ २५ गते जिल्ला अस्पताल बाजुरामा उच्च रक्त श्रावका कारण उपचार हुँन नसकेर बुढीनन्दा नगरपालिका–१० पाण्डढुसेनकी ३५ वर्षीया निर्मला बोहोराको मृत्यु भयो । कार्तिक २५ गते त्रिवेणी नगरपालिका स्थित छतारा स्वास्थ्य चौकीमा सुत्केरी भएको ६ घण्टा पछि ३७ वर्षीया रेजीया नेपालीको मृत्यु भयो हिजो राति मृत्यू भएकी रावल लगाएत छ जना स्वास्थ्य संस्थामै मृत्यु भएको छ।
मृत्यु भएकी बोहराले दुई बर्ष पहिले जिल्ला अस्पताल बाजुरामै अप्रेसन गरेर बच्चा जन्माएकी थिईन । यो बच्चा जन्माउनु दुई दिन मात्र बाँकी रहेको थियो । यो पटक दुई दिन पहिले नै ब्यथा लागेको जिल्ला अस्पतालको रेकडमा देखीन्छ।
३७ वर्षकी रेजीया नेपालीले घरबाट स्वास्थ्य संस्था ल्याएको २ मिनेटमै बच्चा जन्माएकी हुन् । अवस्था सामान्य नै थियो, ११ बजेर २ मिनेटमा स्टेचरमा राखेर आफन्तले स्वास्थ्य चौकी पु¥याएका थिए, ब्याडमा लिन नपाउँदै बच्चा जन्माएकी हुन । साढे चार बजेसम्म अवस्था राम्रै थियो, विहान ५ बजेपछि एकाएक बेहोस भएर ज्यान गएको हो।