विप्लव क्रान्तिकारीका जिल्ला अध्यक्ष पक्राउ


दाङ, । प्रतिवन्धित विप्लव समुहका विद्यार्थी नेता पक्राउ परेका छन् । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष २५ बर्षीय अनिल केसी पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नं।



१३ सेवार निवासी केसी घोराही १५ तुलसीपुर चोकवाट विहीवार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए ।

पक्राउ परेका केसीलाई थुनामा राखेर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।
विप्लव नेतृत्वको अखिल क्रान्तिकारीको नेतृत्वमा घोराहीमा विद्यार्थीले प्रर्दशन गर्ने क्रममा केसी पक्राउ परेको प्रत्यक्षदर्सीले बताएका छन् ।



सम्बन्धित
Loading...