साग महिला भलिबलः भारतसँग नेपाल ३–० ले पराजित


साग महिला भलिबल प्रतियोगितामा नेपालले भारतसँग ३–० को लज्जास्पद हार व्यहोरेको छ । पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले पहिलो खेल गुमाएपछि दोस्रो र तेस्रो खेलमा खासै प्रदर्शन गर्न सकेन ।



पहिलो खेलमा २४-२२ को अवस्थामा पुगिसकेको नेपालले जित निकाल्न सकेन । नेपाललाई त्यही अवस्थामा रोक्दै भारतले पहिलो सेटमा २६-२४ को जित निकाल्यो ।




त्यसपछिका दुई सेटमा भारत हाबी भयो । भारतले दोस्रो सेट २५-१२ र तेस्रो सेट २५-१६ ले दुबै जित्यो ।

नेपालले पहिलेा खेलमा बंगलादेशलाई ३-० ले हराएको थियो । नेपाल र भारत दुबैको समान ३/३ अंक छ भने बंगलादेशको शुन्य । अब समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशलाई हराए उपविजेताका रुपमा नेपाल सेमिफाइनलमा पुग्नेछ ।

 

साग : बंगलादेशविरुद्ध नेपालको सानदार जित



सम्बन्धित
Loading...