गाउँपालिका अध्यक्षका उम्मेदवार चौधरीको घरमा बम विस्फोट




महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा नेकपाबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिएका विक्रम चौधरीको घरमा बम विस्फोट भएको छ ।

चौधरीको घरमा बिहीबार दिउँसो बम विष्फोट भएको हो । पिपरा गाउँपालिका–४ स्थित उनको घरको पछाडी बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । विस्फोटबाट कुनै मानवीय क्षति नभएको पनि प्रहरीले जानकारी दिएको छ ।




चौधरीले प्रचारप्रसार र व्यवस्थापनका लागि कार्यालयका रुपमा प्रयोग गरिरहेको घर तथा शौचालयमा बम बिस्फोटबाट क्षति पुगेको छ । विस्फोटबाट शौचालयको ढोका र पर्खालमा क्षति पुगेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् । घटनाको अनुसन्धान भइरहेको उनले बताए ।

उपनिर्वाचनको तयारीका विषयमा जानकारी लिन महोत्तरीका प्रमुख जिल्ला अधिकरीसहित सुरक्षा निकायका पदाधिकारीहरु पिपरा पुगेकै समयमा विस्फोट भएको बताइएको छ ।



सम्बन्धित
Loading...