किशोरीहरुको समस्या बारे जनप्रतिनिधिसंग सवांद


 



बर्दघाट । सिर्जनशिल किशोरी समूह सरावल २ तिलौली पश्चिम नवलपरासीको आयोजना तथा स्ट्रोम फाउण्डेशन नेपाल र एबिसि नेपालको संयुक्त सहयोगमा किशोरीहरुको समस्या बारे जनप्रतिनिधिहरुसंग सवांद कार्यक्रम विहिबार सरावलको त्रिमुर्ती प्रावि तिलौलीमा भएको छ ।

सिर्जनशिल किशोरी समूहकी अध्यक्ष श्रृष्टी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा किशोरी र जनप्रतिनिधिहरुबीच सम्वाद भएको हो ।




कार्यक्रममा सरावल गाउपलिकाका अध्यक्ष राधेश्याम चौधरी, सरावल वडा नम्बर २ का वडाध्यक्ष शम्भु चौधरी लगायतले किशोरीहरुको समस्यालाई न्यूनीकरण गर्न सरावल गाउँपालिका हरबखत तयार रहेको र बालमैत्री सरावल गाउपालिका घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताइएको थियो ।

कार्यक्रममा सरावल वडा नम्बर २ की महिला वडा सदस्य तथा सरावल गाउ कार्यपालिका सदस्य छिमा देवी राय, वडा सदस्य बिजयसिँह गुप्ता, शिक्षिका सिता शर्मा, संवादसंग जोडिएर रहेका नर्वेका विदेशी महिलाको टोली, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टिकेन्द्र राय, समुहकी किशोरीहरु, महिलाहरु लगायतको सहभागिता रहेको थियो ।

समूहकी सचिव उमा चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सन्दिप विकले गरेका थिए ।



सम्बन्धित
Loading...