मतदानस्थलमा भेटिएको बम डिस्पोज

डोटीको एक मतदान केन्द्र बम फेला परेको छ । जिल्लाको आर्दश गाउँपालिका–२ कालिकास्थानको कुचेडा बजारमा प्रेसर कुकुर बम भेटिएको छ ।
शुक्रबार राति बकोटान्जर मतदान केन्द्र कुचेडा बजारमा बम फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बम फेला परेपछि राति दुई बजेतिर बम डिस्पोज गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले जानकारी दिए ।
बम विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राखेको हुन सक्ने आशंका गरिएको छ ।