विद्या भट्टराईले भरतपोखरीबाट गरिन मतदान


अरु मतदातासँगै लाइनमा बसेर नेकपा उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छिन् । पोखरा ३३ भरतपोखरी स्थित शान्ति उदय माविबाट पौने १० बजे उनले मतदान गरेकी हुन् ।



कास्की २ मा उम्मेदवार बनेपनि अधिकांशले आफैलाई मतदान गर्न पाउने छैनन् । ५ राजनीतिक दल र २ स्वतन्त्र उम्मेदवार बाहेक अरुले आफुलाई मत दिन नपाउने भएका हुन् ।




साझा पार्टीकी रजनी केसीले पोखरा ४ बाट मतदान गर्नेछिन् । राप्रपाका रोमबहादुर भण्डारीले पनि आफैलाई मत दिन पाउनेछन्। उनले पोखरा १५ बाट मतदान गर्नेछन् ।

यस्तै, नेकपा मालेका टेकनाथ भण्डारी पनि आफैलाई मतदान गर्न पाउने भाग्यमानी हुन् । उनले पोखरा २१ बाट मतदान गर्ने छन् । राप्रपा संयुक्तकी गंगा मल्ल पोखरा ७ कि मतदाता हुन् । यो उप निर्वाचनमा सबैभन्दा बढी कास्की २ लाई चासो दिइएर हेरिएको छ।

 



सम्बन्धित
Loading...