सिन्धुपाल्चोकको इन्द्रावती-८ मा उत्साहजनक मतदान जारी


सिन्धुपाल्चोकको इन्द्रावती ८ मा उत्साहजनक रुपमा मतदान जारी रहेको छ।



अहिलेसम्म करिब ४ सय मत खसेको छ। शान्तिपूर्ण रुपमा मतदान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए। सो वडामा १४ सय ७ मतदाता रहेको छन्। वडाध्यक्ष धनबहादुर श्रेष्ठको मृत्यु भएपछि अहिले उपनिर्वाचन भएको हो।

वडाध्यक्षको उम्मेदवारमा नेकपाले केदारनाथ आचार्य, नेपाली कांग्रेसले अशोक तामाङ, राप्रपा संयुक्तबाट ढकबहादुर तामाङ, राप्रपा नेपाल रणबहादुर तामाङ उम्मेदवार छन्।



सम्बन्धित
Loading...