दाङमा उत्साहका साथ मतदान जारी, रौतहटको गडिमाईमा ६५ प्रतिशत मतदान
दाङको २ स्थानमा भइरहेको उपनिर्वाचनमा मतदाताहरु उत्साहका साथ मतदान गरिरहेका छन्।
घोराही वडा नम्बर १६ र प्रदेशसभाका लागि हुन लागेको मतदानमा कुल ७३ हजार १७२ मतदाता रहेको र अहिलेसम्म १६ हजार ४ ८९ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। दाङमा बिहान ७ बजेदेखि मतदान शुरू भएको हो। अहिलेसम्म दाङमा शान्तिपूर्वक निर्वाचन भइरहेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ।
त्यस्तै अहिलेसम्म कास्की २ र बागलुङ २ (ख)मा करिब २५ प्रतिशत, बाडिगाढ– २ बागलुङमा २१, सुन्दरबजार न.पा. २ लमजुङमा ३०, र नवलपरासीको बौदीकाली गाउँपालिका– ५ मा २७ प्रतिशत मतदान भएको त्यहाँस्थित हाम्रा संवाददताहरूले जिल्ला निर्वाचन कार्यलयहरूलाई उद्धृत गर्दै जानकारी गराएका छन्।
रौतहटको गडिमाई नगरपालिका वाड नं २ समनपुरमा ६५ प्रतिशत मतदान खसेको बताइएको छ। १८२२ मतादाता रहेको यो वडामा २ मतदान स्थल र ३ केन्द्र रहेका छन्।