महिला भलिबल टिकटको मूल्य पाँच सय


नेपाली महिला भलिबल टिमले आज दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मिफाइनलमा श्रीलंकासँग प्रतिष्पर्धा गर्दै छ।



एभिसी सेन्ट्रल जोन महिला भलिबमा च्याम्पियन बनेर फर्किएको नेपाल पहिलो पटक दक्षिण एसियाली महिला भलिबलमा स्वर्ण जित्ने लक्ष्‍यमा छ। सेमिफाइनलमा श्रीलंका विरुद्धको खेल हेर्न चाहने नेपाली दर्शकले ५०० को टिकट काट्नुपर्नेछ। इसेवामार्फत टिकट काट्न पाइनेछ। पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएपछि नेपालको आशा महिला भबिलमा केन्द्रित भएको छ।

नेपाली टिमका प्रशिक्षक जगदीश भट्टले नेपालले श्रीलंकालाई हराएर फाइनल प्रवेश गर्ने विश्वास व्‍यक्त गरे। उनले भने ‘हामीले आफ्नोतर्फबाट शतप्रतिशत प्रयास गर्छौं।




घरेलु दर्शकलाई निरास पार्ने छैनौं।’ यदि नेपालले सेमिफाइनलमा बंगलादेशलाई पराजित गरे। रजत पदक पक्का हुनेछ।



सम्बन्धित
Loading...