कञ्चनपुरको पुनर्वास ३ मा नेकपा विजयी, नेकपाकाे मत घट्याे, काँग्रेसकाे बढ्याे




कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा कृष्णबहादुर तामाङ विजयी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार तामाङले ५२८ मत पाएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाउँदा समाजवादी पार्टीका भीम तामाङले ७४ मत पाए ।




कुल ११९९ मतदाता रहेको यो वडामा शनिबार भएको उपचुनावमा ९२४ मत खसेको थियो । खानेपानी मन्त्री बीना मगरले यस वडामा मतदान गरेकी थिइन् ।


कञ्चनपुरको पुनर्बास नगरपालिका वडा नम्बर ३ मा यसअघि पनि नेकपाले नै जितेको थियो । नेकपाका वडाध्यक्ष फैरु तामाङको  ठाउँ खालि भएपछि  यहाँ उपचुनाव भएको हो ।

गत ०७४ को चुनावमा तत्कालीन एमालेका फैरु तामाङले ४५४ र माओवादीका आइतबहादुर तामाङले १८७ गरी नेकपाको पक्षमा कुल मत ६४१ खसेको थियो ।

यसपालिको उपचुनावमा नेकपाका तामाङ ५२८ मत पाएर विजयी बनेका छन् । अघिल्लो चुनाबमा ७८ मत मात्रै पाएको नेपाली कांग्रेसले यसपालि ३१० मत पाएको छ । यहाँ बाबुराम उपेन्द्र नेतृत्वको समाजवादी पार्टीले पनि यसपालि ७४ मत बटुलेको छ ।

 



सम्बन्धित
Loading...