कावासोतीको दुर्घटनामा चालिसे गम्भीर घाइते
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ तिन घरे चोकमा ना ५ ख ७१७३ नम्बसको बसको ठक्करले एक जना जेष्ठ नागरिक गम्भीर घाइते भएका छन् ।
पश्चिमबाट पूर्व आउँदै गरेको बसले तिन घरे चोकका पैदल यात्री ७२ बर्षीय ऋशिराम चालिसेलाई बाटो काट्ने क्रममा ठक्कर दिएको हो ।
उनको टाउको, हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । उनको मध्यविन्दु जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवन मेडिकल कलेज लगेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।