१३औं सागमा नेपालको पहिलो पदक पक्का, महिला भलिबल टिम फाइनलमा


काठमाडौं । नेपाल पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग)मा महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । अब स्वर्णका लागि भने भारतसँग खेल्ने छ ।



यद्यपि १३ औं सागमा नेपालको पहिलो पदक पक्का भएको छ ।

शनिबार भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३-० ले हराएको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले २५-१४ ले जित्यो ।




दोस्रो सेटमा २५-१७ ले जितेको नेपालले तेस्रो सेटको सुरुवातमा पछाडि परेको थियो । तर उत्कृष्ट पुनरागमन गरेको नेपालले २५-२१ मा तेस्रो सेट जित्यो ।

नेपालको जितमा प्रतिभा माली र सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन गरिन् । प्रतिभाले सर्वाधिक २० र सरस्वतीले १७ अंक जोडिन् ।

अब नेपालले भारतसँग खेल्नेछ र, यो समूह चरणमा व्यहोरेको हारको बदला लिने मौका समेत हो । समूह चरणमा नेपाल भारतसँग ३-० को सेटमा पराजित भएको थियो ।

सागको महिला भलिबलमा नेपालले १९९९, २००६ र २०१६ मा गरी तीन पटक काश्य पदक जितेको थियो ।



सम्बन्धित
Loading...