अर्घाखाँची मालारानी -३ मा काङ्ग्रेसका शोभाखर खनाल विजय
अर्घाखाँची मालारानी गाउँपालिका वडा -३ मा वडा अध्यक्ष पदका लागि भएको उप निर्वाचनमा नेपाली काङ्ग्रेसका शोभाखर खनाल १ सय ६ को मत अन्तरले बिजय भएका छन् ।
उनले ११५९ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी नेकपाका यमलाल खनालले १०५३ ल्याए ।
उता राप्रपाका रण बहादुर खनालले ४ मत ल्याएका छन् ।
बदर मत संख्या ९ रहेको छ ।
कुल मतदाताता संख्या – ३०११ रहेकोमा खसेको मत- २२२५ रहेको थियो । जस मध्य महिला १२३४ र १००१ पुरुषले मतदान गरेका थिए । ७३. ८९ प्रतिशत मत खसेको हो ।
विजयी शोभाखर खनाल गएको निर्वाचनमा एमालेका जिवन चौहानसंग ३६ मतले पराजित भएका थिए ।