कपिलवस्तुको शिवराज १० मा राजपाकी मिश्र विजयी ।


राम अवतार चौधरी



कपिलवस्तु÷ १५ मंसिर । कपिलवस्तुको शिवराज नगरपालिका –१० लालपुरमा भएको उपनिर्वाचनमा राजपाकी उम्मेदवार मन्जु मिश्रा बिजयी भएकी छन् ।

निर्वाचन कार्यालयका अनुसार कूल खसेको १ हजार ७ सय २२ मतमध्ये मिश्राले ८ सय ६८ मत प्राप्त गरी मिश्रले जीत सुनिश्चित गरेकी हुन् । उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवराज भारतीले ४ सय ६५ मत प्राप्त गरेका थिए । मत परिणाम अनुसार समाजवादी पार्टी नेपालका तीर्थबहादुर रायमाझीले १ सय ७५ मत ल्याई तेस्रो स्थानमा समेटिए भने नेपाल कम्युनिष्ट पार्टी नेकपाका अदालत मनिहारले भने १ सय ४७ मत मात्र ल्याई चौथो स्थानमा पर्न सफल भए । यता जनमत पार्टीका मोहम्मद हानिफ गद्दीले २८, राप्रपाका बलभद्र मिश्रले ११, मत प्राप्त गरेका थिए । कूल खसेको मतमध्ये २१ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । मतगणना चन्द्रौटा स्थित दुर्गा मन्दिर परिसरमा भएको थियो ।




२०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा वडाध्यक्ष बनेकी शकुन्तला भारतीको आकस्मिक निधन भएपछि रिक्त पदमा अहिले उपनिर्वाचन भएको हो । वडाध्यक्ष पदका लागि भएको उक्त उपनिर्वाचनमा ७ राजनीतिक दल र ५ स्वतन्त्र उम्मेदवार गरी १२ जनाको प्रतिस्प्रधा रहेको थियो ।



सम्बन्धित
Loading...