नेपाललाई १९औं स्वर्ण, दुवाथालनमा हिमाललाई गोल्ड मेडल


१३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले अहिलेसम्म १९ वटा स्वर्ण पदक जितेको छ । पोखरामा भएको प्रतिस्पर्धामा दुवाथालनमा नेपालका हिमाल टमटाले पुरुष एकलतर्फ स्वर्ण जितेसँगै नेपालकाे गाेल्ड मेडल संख्या १९ पुगेकाे हाे ।



पोखरामा भएको प्रतिस्पर्धा नेपालकै लक्ष्मण मल्लले रजत जिते । श्रीलंकाका आसिश परेराले कास्य पदकमा चित्त बुझाए ।

काठमाडौंमा भएको प्रतिस्पर्धा करातेमा ६७ केजीमाथि नवीन रसाइलीले नेपालका लागि १८औं स्वर्ण जिते ।





आजै उसुअन्तर्गत भएको प्रतिस्पर्धामा नेपालले २ स्वर्ण जितेको छ । थाउलोअन्तर्गत पुरुषतर्फ विजयी सिन्जालीले स्वर्ण जितेका हुन् भने महिला छानछुवानमा सुस्मिता तामाङले नेपाललाई स्वर्ण दिलाएकी हुन् ।

याे पटककाे सागमा नेपालले ५० स्वर्ण जित्ने लक्ष्य लिएकाे छ ।



सम्बन्धित
Loading...