सिजी धाम नजिकै आगलागी, ३० लाख बढीकाे क्षति
पूर्वी नवलपरासीकाे देवचुलीको सि जी धाम नजिकै आगलागी भएको छ ।
आगलागीबाट दुई ओटा पसल पुर्ण रुपमा ध्वस्त भएको छ । आज विहान ११ः३० वजे सि जि नजिकै रहेको अटो पार्टस एण्ड सर्भिस सेन्टरमा आगोलागी भएको हाे।
वकर्शपमा विद्युत सट हुदा फैलिएको आगोले वकर्शप पुर्ण रुपमा ध्वस्त भएको छ भने नजिकैको चौधरी किराना पसललाई पनि पुर्ण रुपमा क्षति पुराएको छ ।
आगो नियन्त्रणका लागी कावासोतिको दम्कल, प्रहरी र स्थानीयहरु मिलेर नियन्त्रणमा लिएका छन् । ३० लाख बढी क्षती भएकाे अनुमान गरे नि यकिन विवरण आउँन बाँकी छ ।
