महोत्तरीमा जीप दुर्घटनाः दुई जनाको मत्यु, १४ घाइते


पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको लक्ष्मिनीयामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् । ना २ च ८८५५ नम्बरको जीप दुर्घटनामा परेको हो ।



मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका घर भएका सकुन्तलादेवी महतो र भारत जयनगरका तनियादेवी महतो रहेका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूको थप उपचारका लागि धरान रेफर गरिएको छ ।




१० जना सामान्य घाइतेको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबै बाराको गढिमाई मन्दिरको दर्शन गरेर फर्कदैँ गरेको प्रहरीले जनाएको छ ।

घाइतेका अनुसार विपरीत दिशाबाट आउँदे गएको ट्रकको लाइट डिम नहुँदा जीप अनियन्त्रित भएर सडककिनाराबाट तल खसेको हो । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



सम्बन्धित
Loading...