बुधबार विहानै नेपाललाई २ स्वर्ण, नेपालको स्वर्ण पदक २५ पुग्यो


१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज भएको खेलमा कराँते खेलाडी अनुपमा मगरले स्वर्ण पदक जितेकी छन् । उनले ६८ केजीमाथिको तौल समूहमा स्वर्ण जितेकी हुन् । उनले पाकिस्तानी खेलाडीलाई ६–३ को सेटमा पराजित गरेकी हुन् ।



मंगलबार २३ स्वर्ण जितेको नेपालले बुधबार बिहान २ स्वर्ण थप्दै स्वर्ण पदकको संख्या २५ पु‍र्याएको छ ।




त्यस्तै १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसु खेलमा नेपालले आज अर्को स्वर्ण जितेको छ । दीपक हमालले थाउलोमा स्वर्ण जितेका हुन् ।
१९.३२ अंकका साथ जितेका उनले भारतका साजन लामालाई १९.१२ अंकमा छाडेका थिए ।



सम्बन्धित
Loading...