गैंडाकोटको नमस्ते चोक नजिक ट्रक र स्कूटर ठोक्कीदा गिरीको मृत्यु
गैडाकोट, १९ मंसिर । नवलपुरको गैंडाकोट स्थित नमस्ते चोक नजिक गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
प्रहरी कार्यालय गैडाकोटका प्रमुख इन्सपेक्टर दिपक कुमार कार्कीका अनुसार पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना ६ ख ८०५८ नम्बरको ट्रक, पुर्वबाट पश्चीम तर्फ आउँदै गरेको ना ३१ प २६१८ नम्वरको स्कूटर एक आपसमा ठक्कर खादाँ दुर्घटना भएको हो ।
दुर्घटनामा स्टकुटरमा सवार दुइ जना गम्भीर घाइते मध्ये भरतपुर १० का विरेन्द्र गिरीको मृत्यु भएको र अर्का गैडाकोट ४ का आकाश सिजालीको नयाँ मेडिकल कलेजमा उपचार जारी छ।स्कूटरले ओवरटेक गर्न खोज्दा ट्रकमा ठोकिन पुगेको प्रहरीको भनाई छ।
