भाले गैडा मृत फेला


  • नारायण शर्मा (नवलपरासी)–


चितवन निकुन्जको नारायणी नदि किनारमा ३० वर्षको भाले गैडा मृत अबस्थामा फेला परेको छ ।
चितवन निकुन्जका सूचना अधिकृत गोपाल घिमिरेका अनुसार गैडा फुड प्वइजन ( बिशाक्त खाना) ले मरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।


चितवन निकुन्जको गांजिपुरवाट बगेको गैडा नदीकिनारको सिसवारमा मृत भेटिएको हो । गैडा अन्दाजी ३० वर्षको छ । गैडाको शरिरमा घाउचोट लागेको छैन । गैडा चरिचणमा जादा कहिलेकाहि धेरै खान्छ र फुड प्वाइजन हुन्छ ।




प्रारम्भिक अनुसन्धानले गैडा फुड प्वइवनिंगले मरेको दखिन्छ सूचनाअधिकृत घिमिरेले भने मृत गैडाको खाग र .खुर काटेर कसरा ल्याइएको छ । नदी किनारमा गैडा देखेपछि स्थानियले निकुन्जमा खबर गरेका थिए । निकुन्जवाट खटिएको टोलिले गैडा मर्नुको कारण र अबस्था बारे अनुसन्धान थालेको छ । यो समेत यो वर्ष कालगतिले ५ वटा गैडा मरेको छ । चितवन निकुन्जमा गैडागणना भैरहदा भाले गैडा मृत भेटिएको हो ।



सम्बन्धित
Loading...