केशबहादुर परियारको नेतृत्वमा २५ सदस्यीय प्रदेश कमिटि गठन गर्दै सकियो नेकपा क्रान्तिकारी माओवादी प्रदेश ४ को प्रथम प्रदेश सम्मेलन




  • शोभा जिसी –

पोखरा । केश बहादुर परियारको नेतृत्वमा २५ सदस्यीय नयाँ कमिटि गठन गर्दै नेकपा क्रान्तिकारी माओवादी प्रदेश ४ को प्रदेश सम्मेलन विहीबार सकिएको छ ।
प्रदेश सेक्रेटरी केशबहादुर परियारको नेतृत्वमा सम्मेलनले नयाँ कमिटि गठन गरेको छ । त्यसैगरी ९ सदस्यीय वैकल्पिक प्रदेश कमिटि पनि गठन गरेको छ ।
सम्मेलनको समापन कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका स्थायी कमिटि सदस्य एवम् देजमो नेपालका अध्यक्ष सिपी गजुरेलले अहिलेकै गतिमा क्रान्ति सफल नुहने भएकोले क्रान्ति सफल पार्नका लागि कार्यकर्ताहरुलाई सोही ढंगले आफ्नो जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिए ।
कार्यक्रममा नवगठित समितिका प्रदेश सेक्रेटरी केशबहादुर परियारले प्रदेश ४ मा पार्टीलाई नयाँ उचाईमा लैजानका लागि आफू र नवगठित कमितिको तर्फबाट प्रतिबद्धता गरेका थिए ।
बुधबारदेखि पोखरामा शुरु भएको प्रदेश सम्मेलनको बन्द शत्र प्रदेश ४ का इन्चार्ज चन्द्र हरि सुवेदी अटलको अध्यक्षतामा भएको थियो ।
विहीबारको बन्द शत्रमा प्रदेश इन्चार्ज अटलले प्रस्तुत गरेका प्रतिवेदनमाथि छलफल पछि पास गरिएको थियो भने जिल्ला सेक्रेटरीहरुले जिल्लाको संगठनात्मक स्थितिको रिपोटिङ्ग गरेका थिए ।



सम्बन्धित
Loading...