होङ्शिको गैरजिम्मेवारी कि दादागिरी?
- नारायण प्रभु –

मंसिर-२० नवलपुर । पुर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको अरुणखोला र दुम्किबासको बिच जङ्गलमा सडक बिग्रदा सवारी आवागमनमा कठिनाई भएको छ। एशियाकै ठूलो सिमेन्ट फ्याक्ट्री भनेर प्रचार गरिएको होङ्शिमा छिर्ने मुखमा नै बिगत लामो समयदेखि सडक मर्मत नहुनु होङ्शिको गैरजिम्मेवारी या त दादागिरी भएको चालक मोहन गौतम बताउँछन्।
राजमार्गबाट करिब १२ किलोमीटर उत्तरमा पर्ने होङ्शीमा जान पनि कच्ची सडक नै छ तर उक्त सडकमा हरेक दिन खाल्डा पुर्ने कामदार र पानी हाल्ने ट्याङ्कर खटिरहेका हुन्छ्न।
कच्चि बाटो भए पनि मर्मत भएका कारण होङ्शीको यात्रा सहज हुने गौतम बताउँछन्।तर होङ्शी छिर्ने मुखैको देशकै मेरुदण्ड रहेको राजमार्गमा भने होङ्शीकै ट्याङकर र ट्रीपरको दैनिक आवागमनले सडक बिग्रदा न त होङ्शीकै ध्यान जान सकेको छ न त सडक बिभागको नै।
यति ठूलो फ्याक्ट्रीको मुखैमा यस्तो लापरबाही हुनु र हरेक दिन फ्याक्ट्रीका उच्च ओहोदाका व्यक्तिहरु सोही बाटो भएर जाँदा पनि बेवास्ता गर्नु लाजमर्दो भएको यात्रुहरुको गुनासो रहेको छ। यसतर्फ बेलैमा सम्बन्धित निकायको ध्यान जानू आवश्यक देखिन्छ।