पूर्वराजा ज्ञानेन्द्र नवलपरासी आउँदै
प्रदेश ५ को दौडाहामा निस्केका पूर्व राजा ज्ञानेन्द्र शाह शनिवार पश्चिम नवलपरासीको प्रशिद्ध धार्मीक तथा पर्यटकिय स्थल पाल्ही भगवति मन्दिर आउने हुनु भएको छ । पूर्व राजा जिल्लामा आउने भएपछि राजावादीहरु पूर्व राजाको स्वागतका लागि दौडधुप एक हप्ता देखिनै सूूरु गरेका थिए । जिल्लामा पूर्व राजा ज्ञानेन्द्र आउने भएपछि समर्थकहरुले राजाको स्वागतमा जाँन गाउँ–गाउँमा स्थानीयलाई आग्रह गर्दै आएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र बिहान ११ बजे पाल्ही भगवति मन्दिर जाँने र मन्दिरमा पुजा गरेपछि नागरिक अभिनन्दनमा सरिकहुने कार्यम्रम तय भएको अभिनन्दन मुल समारोह समितिका संयोजक ओम वहादुर शिंहले जानकारी दिनुभयो ।
पूर्व राजा ज्ञानेन्द्र जिल्लमा आउने भएपछि समर्थकहरुले राजालाई पुरानै सैलिमा स्वागत गर्ने र त्यस्तै प्रकारका ब्यानर पप्लेट वनाएर स्वागतद्धारमा राख्ने र वितरण गर्ने काम गरेका छन । पूर्व राजाको त्यस प्ररकारको प्रचारमा प्रसासन भने मैन रहेको छ । पूर्व राजा ज्ञानेन्द्रको अधिनन्दन समारोहका अध्यक्ष सिंह ज्ञानेन्द्रका नाता र राप्रपा सुम्युक्तका पश्चिम नवलपरासीका अध्यक्ष समेत समेत हुनु हुन्छ ।