ट्रकको ठक्करबाट बालिकाको मृत्यु, कोहलपुर तनावग्रस्त




ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ । आइतबार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुलमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएको हो ।

मृतक बालिकाको सनाखत भएको छैन । स्कुले बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । आगजनीपछि प्रहरीले बल प्रयोग गरेपछि तनाव सिर्जना भएको थियो ।

आक्रोशित समूह र प्रहरीबीच ढुंगा हानाहान हुँदा दर्जनौं सवारीसाधन तथा यात्रुहरु अलपत्र परेका छन् ।

सडकमा रोकिएका अधिकांश गाडीहरुको सिसा विद्यार्थीहरुले फुटाइदिनुका साथै चोकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

दुर्घटनामा शिशुसहित दुईको मृत्यु

यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–२ जिरो पोइन्टमा भएको सडक दुर्घटनामा एक शिशुसहित दुई जनाको मृत्यु भएको छ ।

नेपालगञ्जदेखि दाङतर्फ बिरामी लिएर जाँदै गरेको रा १ झ १६१ नम्बरको एम्बुलेन्स विपरित दिशाबाट आइरहेको ना ८ ख ५४३२ नम्बरको ट्रकसँग ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा दुर्घटनामा एक शिशु र चालक सल्यान छत्रेश्वरी–१ का २८ वर्षीय चित्रबहादुर सुनारको मृत्यु भएको हो ।



सम्बन्धित
Loading...