ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धको मृत्यु
आगलागीबाट करिब ७० वर्षीय जयप्रसाद दाहालको मृत्यु भएको हो । काठमाडौंमा बसोबास गर्ने उनी केही दिनअघि विराटनगर आएका थिए ।
घरमा एक्लै रहेका उनी आइतबार बिहान जलेको अवस्थामा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिइजूले घटनास्थलमा कोशी ग्याँसको सिलिन्डर र ग्याँसको पाइप जलेको अवस्थामा भेटिएकाले उनको ग्याँस लिक भएर आगलागी हुँदा मृत्यु भएको देखिएको बताएका छन् ।
उनलाई भेट्न आएका राधेश्याम दराकले बोलाउदा उनले ढोका नखोलेपछि छिमेकी बोलाएर हेर्दा जलेको अवस्थामा शव भेटिएको थियो ।