ट्रकले बालिकालाई किचे पछि ड्राईभरलाई भित्र राखेर ट्रकमा आगो लगाए

डीएसपी शाहीसहित ९ प्रहरी घाइते


२२ मंसिर, काठमाडौं । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि उत्पन्न तनावले उग्र रुप लिएको छ ।



प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् ।

शाही लगायतको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्दको मृत्यु भएको थियो ।

स्कुले बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको छ ।

केही राउण्ड हवाई फायर पनि भएको छ ।

ट्रकले कक्षा सातमा अध्ययनरत बालिकालाई ठक्कर दिएपछि विद्यार्थीहरुले ट्रक चाकलाई ट्रक भित्रै राखेर आगाले लगाएका हुन् ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक जना विद्यार्थी घाइते भएका छन् ।
विद्यार्थीले प्रहरीलाई ढुंगा प्रहार गरेका थिए। घाइते विद्यार्थीलाई अस्पताल लगिएको छ।



सम्बन्धित
Loading...